१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सिरहाले असार २५ गते भगवानपुर गाउँपालिका–३ का २१ वर्षीय अरबिन्द तिवारीलाई १२ वर्ष कैद तथा क्षतिपुर्ती भराउने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको एकल इजलाशले यस्तो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
सरकारी वकिल अधिकारीका अनुसार कसुरदारबाट १ लाख रुपियाँ क्षतिपुर्ती तथा पीडित सहायता कोषमा २ हजार २ सय रुपियाँ भराउने फैसला भएको हो ।
बालिकालाई ०७६ भदौ ८ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा तिवारीविरुद्ध भदौ १२ गते उजुरी दिनु भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले तिवारीलाई भदौ १४ गते घरबाटै गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा असोज ८ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १२ गते भएको थियो ।