१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा–१६ का ५० वर्षीय शिवनारायण साहलाई असार २३ गते गिरफ्तार गरेको छ ।
बलात्कार घटनाका आरोपित साहविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा असार २३ गते उजुरी दिनु भएको इन्सेक सप्तरीका प्रतिनिधिलाई पीडितका बुवाले बताउनु भएको छ ।
पीडित बालिकाले दिदीलाई असार २१ गते पटक–पटक बलात्कार गरेको घटना जानकारी गराएपछि आरोपितविरूद्ध उजुरी दिएको पीडित बालिकाका बुवाले बताउनु भयो ।
पीडित बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २२ गते स्वास्थ्य परीक्षण भएको छ । चिकित्सकहरूले बालिका कम्तीमा दुई सातादेखि यौन शोषणबाट पीडित रहेको बताएका छन् ।