INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–४ मालुबेलाका ६६ वर्षीय नरबहादुर भण्डारीलाई असार २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असार २३ गते भण्डारीले प्रलोभनमा पारी जङ्गल क्षेत्रमा लगेर बलात्कार गरेको जानकारी पाएपछि भण्डारीकाविरुद्धमा प्रहरीमा उजुरी दिएको पीडित बालिकाका काकाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

पीडित बालिकाका आफन्तले असार २३ गते उजुरी दिएपछि आरोपित भण्डारीलाई ईलाका प्रहरी कार्यालय, झलारीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

पीडित बालिकाको असार २३ गते महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो