१५ वर्षीया बालिकालार्ई जेठ २५ गते बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१२ का ३२ वर्षीय लवकुश सदा विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असार १४ गते उजुरी दिनु भएको छ ।
पीडित बालिकाले डरका कारण घटना बारे सुरूमा जानकारी नगराएको पीडित पक्षले जनाएको छ ।
पीडित बालिकाले असार १४ गते घटना बारे जानकारी गराए पछि सोही दिन उजुरी दिएको पीडित बालिकाका बुवाले इन्सेक सिरहा प्रतिनिधिलाई बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असार १४ गते भएको छ ।