INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा–२२ का १८ वर्षीय ललित राम विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असार १५ गते उजुरी दिनु भएको छ ।

आरोपितले बालिकालाई ०७६ फागुन १६ गतेदेखि पटक–पटक ललाइफकाई बलात्कार गरेको कारण असारमा ४ महिनाको गर्भ रहेको पीडित पक्षको आरोप छ ।

आरोपितले असार ६ गते औषधी खुवाएर गर्भ पतन गराएपछि बिरामी परेकी छोरीसाँग सोधपुछ गर्दा असार १४ गते घटना बारे जानकारी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा सम्भव नभए पछि असार १६ गते कोशी अञ्चल अस्पताल विराटनगर पठाएको डिएसपी घिमिरेले बताउनु भयो ।

अन्य

भिडियो