INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पूर्व सदस्य २९ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले असार १७ गते राति गिरफ्तार गरेको छ ।

जनमुक्ति सेनाका पूर्व सदस्य समेत रहेका ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका भण्डारीको साथबाट एम.सी.सी खारेज गर लेखिएका झण्डा समेत फेला परेका छन् ।

जिल्लाका उद्योग व्यवसायीहरूलाई धम्की दिएर चन्दा असुली गर्ने गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्र रेग्मीले इन्सेक जिल्ला प्रतिनिधीलाई फोन मार्फत जानकारी दिनुभयो ।

अन्य

भिडियो