१७ वर्षीया बालिकालाई जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ बसौटीका २० वर्षीय उमेश कठरियालाई असार १४ गते गिरफ्तार गरेको छ ।
आफूलाई कुटपिट गरिएको भन्दै पीडित बालिकाविरुद्ध आरोपित कठरियाले असार १३ गते इलाका प्रहरी कार्यालय, मसुरियामा उजुरी दिन गएपछि घटना सार्वजनिक भएको हो ।
कठरियाले प्रहरीमा उजुरी दिएपछि बलात्कार गरेका कारण कठरियालाई कुटपिट गरेको पीडित बालिकाले बताएपछि असार १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।