४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नपा–३ पाल्पाका ३५ वर्षीय राजु लोहनीलाई असार ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई बेनी नपा–७ मा डेरा गरी बस्ने आरोपितले असार ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
पीडितको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत म्याग्दीबाट असार १० गते बलात्कार प्रयास आरोपमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनुभएको छ ।
पीडित र आरोपित दुवै जनाको स्वास्थ्य परीक्षण असार ९ गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभएको छ ।