नौ वर्षीया बालिकालाई असार ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय दाईलाई असार ५ गते गिरफ्तार गरेको छ ।
घरमा सुतिरहेकी बालिकालाई राति बलात्कार गरेपछि असार ५ गते नै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको पीडित बालिकाका बुबाले इन्सेक प्रतिनिधिलार्ई फोनबाट बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक प्रतिनिधिलार्ई फोनबाट बताउनु भयो ।
पीडित बालिकाको असार ६ गते महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।