INSEC Online

📅 २०८३ जेष्ठ २१

काकीलाई कुटपिट गरेको आरोपमा भतिजविरूद्ध प्रहरीमा उजुरी

मिथिला नगरपालिका–८ की ४० वर्षीया गुनो गौरीदेवी साहलाई जेठ ३२ गते ३५ वर्षीय भतिज सुनिल साहले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा असार १ गते उजुरी दर्ता गराउनु भएको छ ।

कुटपिटबाट गुनोदेवीको तिघ्रा, नाक, टाउको, पिठ्यूँमा र सम्वेदनशील अङ्ंगमा चोट लागेको छ । उहाँलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि भर्ना गरिएको छ ।

आरोपित सुनिल साहले आमा र आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको पीडितकी १८ वर्षीया छोरी खुश्वु कुमारी साहले बताउनु भयो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा असार १ गते मानव अधिकारकर्मीहरूको सहयोगमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषा महिला सेलकी इञ्चार्ज असई दिपिका ओझाले बताउनु भयो । घटनाबारे अनुसन्धान गरी दोषीलाई कारवाही गरिने असई ओझाले बताउनु भयो ।

अन्य

भिडियो