INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्तिपूर्ण विरोध प्रर्दशनका क्रममा दुई जना गिरफ्तार

जिल्ला प्रशासन कार्यालय कास्की अगाडि शान्तिपूर्ण विरोध सभामा सहभागीले प्रहरी माथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

सामाजिक सञ्जालबाट आह्वान गरिएको शान्तिपूर्ण प्रदर्शनका विरोध प्रदर्शनको कार्यक्रम भएपनि आयोजकको भावना विपरीत तनाव सिर्जना गराउने पोखरा महानगरपालिका–६ लेकसाइडका विमल बहादुर पहारी र प्रेम बहादुर केसीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएका पहारी नेपाल विद्यार्थी सङ्घसँग आबद्ध रहेको र उनीहरूलाई जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको इन्स्पेक्टर अधिकारीले बताउनुभयो ।

सरकारले कोरोना भाइरस रोकथाममा उल्लेखनीय रुपमा काम नगरेको भन्दै पोखरामा स्वतन्त्र युवा समूहले बिहान ११ बजेदेखि प्रदर्शन सुरु गरेको थियो  ।

आयोजक स्वतन्त्र समूहकी मोनिका रानाभाटले कार्यक्रमको मापदण्ड विपरीत कार्य गर्ने उक्त युवाहरूको आयोजकसँग कुनै सम्बन्ध नरहेको बताउनुभएको छ ।

अन्य

भिडियो