INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा–९ का २९ वर्षीय रोहित बथापालाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १ गते आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सब इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको प्रहरीले जनाएको छ  ।

अन्य

भिडियो