INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट मङ्सिर २१ गते राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले चैनपुर नगरपालिका–५ का ३० वर्षीय यामप्रसाद गौतमलाई पाँचखपन नगरपालिका–८ जलजलाबाट विष्फोटक पदार्थसहित गिरफ्तार गरेको हो ।

गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।

प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला १५ थान, सेप्टी प्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको बुकलेट एक थान समेत बरामद गरेको छ । गौतमलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो