४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५५ वर्षीय कुलदेव ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दर्ता गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए ।
आरोपित ठाकुर हाल फरार रहेका छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छैन ।