INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा भरतपुर महानगरपालिका–१६ का २६ वर्षीय पूर्णबहादुर विरूद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ ।

आरोपितले पीडित बालिकालाई चैत २ गते भारतमको हरियाणमा बलात्कार गरेको पीडित पक्षको अरोप छ ।

आफूहरू व्यपारको सिलसिलामा भारतको हरियाणामा बस्दै आएको बेलामा आरोपितले पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १२ गते भरतपुर अस्पतालमा गरिएको छ । हाल आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अन्य

भिडियो