१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ दिपनगरका ५५ वर्षीय अनिश पाण्डेलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।