INSEC Online

📅 २०८३ जेष्ठ २२

सात बुँदे माग राख्दै हरूवाचरूवाको प्रदर्शन

हरूवाचरूवा सशक्तिकरणसम्बन्धी विभिन्न सात बुँदे माग राख्दै मङसिर २४ गते राजविराज नगरपालिकामा प्रदर्शन गरिएको छ ।

स्थानीय राजरंगशालाबाट हरूवाचरूवा अधिकार मञ्च सप्तरीको नेतृत्वमा निस्केको जुलुसले बजार क्षेत्रको परिक्रमा गरेपश्चात् प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रदेश र सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

photo20181210saptari (1)

मञ्चका अध्यक्ष देवलाल रामद्वारा बुझाइएको ज्ञापनपत्रमा हरूवाचरूवाको सम्पूर्ण ऋण मिनाहा, हरूवाचरूवाको जीवनस्तरमा सुधार ल्याउन आवश्यक बजेटको व्यवस्था, हरूवाचरूवाका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था तथा नेपाल सरकारद्वारा तोकिएको न्यायोचित न्यूनतम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वयनलगायतका माग पूरा गर्न भनिएको छ ।

ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभाका सहभागी वक्ताहरूले मुलुकमा एकपछि अर्को परिवर्तन हुँदै आएपनि हरूवाचरूवाको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै यसतर्फ प्रदेश र सङ्घीय सरकारले अविलम्ब ध्यान दिनुपर्ने माग गरे ।

अन्य

भिडियो