INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्षको कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ का ५६ वर्षीय इवे विश्वकर्मालाई खोटाङ जिल्ला अदालतले जेठ २८ गते पाँच वर्षको कैद फैसला सुनाएको छ ।

न्यायाधीश किशोर घिमिरेको इजालसले पुर्पक्षमा रहेका आरोपितलाई सो फैलसा सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिए ।

आरोपितले ०७४ साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा भएको थियो ।

अन्य

भिडियो