२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ गोलपार्कका २५ वर्षीय अर्जुन ठटराईलाई आरोपितको घरबाटै माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ २४ गते बलात्कार गरेको भनी पीडित पक्षले माघ २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।
पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको सई पुरीले बताए ।