INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यानका ५४ मतदानस्थल अति सम्वेदनशील

सल्यान जिल्लाका ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक विकटता तथा शान्ति सुरक्षाका आधारमा ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले बताए ।

यस्तै ३७ ओटा मतदानस्थल सम्वेदनशील र २० ओटा मतदानस्थल सामान्य रहेका छन् । यस जिल्लामा १ सय ११ ओटा मतदानस्थल रहेका छन् । स्थानीय निर्वाचनमा १ सय ७५ मतदान केन्द्र रहेकामा अहिले ५ ओटा थप गरेर १ सय ८० ओटा मतदान केन्द्र बनाइएको छ ।

आउँदो मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ती मतदान स्थलका लागि विशेष सुरक्षा योजना तयार पारेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जनाएका छन् ।

यसअघिका चुनावमा भएका क्रियाकलाप, भौगोलिक विकटता, सञ्चार तथा यातायातलगायतका सुविधाको पहुँचका आधारमा अति सम्वेदनशील, सम्वेदनशील र सामान्य मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको सहायक प्रजिअ टण्डनले बताए ।

अन्य

भिडियो