INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत माइकिङ

लहान नपामा भदौ २६ गतेदेखि विभिन्न दलले चुनावी प्रसारमा गरेको माइकिङ्गलाई भदौ २८ गते सम्म पनि निरन्तरता दिएका छन् ।

चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै सिटी रिक्सा र कारमा व्यानरसहित नेकपा एमाले, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राजपा, राप्रपालगायतका दलहरूले माइकिङ् गर्दै सिटी रिक्सालाई दिनभरी लहान नपाका विभिन्न वडा, बजारहरूमा घुमाउँदै प्रचारप्रसार गरिरहेको छ ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ५ को ‘क’ १२ अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।

लहान नपाका सहायक निर्वाचन अधिकृत पवन गुप्ताले आचारसंहिता विपरीत माइकिङ् गर्ने दलहरूलाई सचेत गराउने र माइकिङ् गर्ने सिटी रिक्सालाई नियन्त्रणमा लिएर कारबाही गर्न इलाका प्रहरी कार्यालय लहानलाई निर्देशन दिएको बताए ।

1

1

1

1

1

अन्य

भिडियो