चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ का ५६ वर्षीय चोकनारायण श्रेष्ठलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७३ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
घटनापछि फरार रहेका आरोपित श्रेष्ठलाई भदौ २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा उजुरी दिएकै दिन गरिएको थियो ।