INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१ का ४८ वर्षीय विक्रम कामीलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो ।

घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ५ गते क्षेत्रीय अस्पताल सुर्खेतमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो