INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक १९ गते देविस्थान-७ का २१ वर्षीय हेमबहादुर घर्ती, २७ वर्षीय जगतबहादुर घर्ती र ३२ वर्षीय चामबहादुर कुँवर उजुरी दर्ता गरिएको छ ।

पीडित बालिकाद्वयलाई कात्तिक १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले मौखिक उजुरी दिएको आधारमा प्रहरीले आरोपित तीनै जनालाई कात्तिक १७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।

पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण कात्तिक १९ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो