INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा–५ पिप्रा पूर्वका ३५ वर्षीय अब्दुल मियाँविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले कात्तिक १६ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई कञ्चनरूप नपा–५ स्थित बाटोमा नियन्त्रण लिई आरोपितले कात्तिक ७ गते अपरान्ह बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कात्तिक १२ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक १२ गते गरिएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो