INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक १२ गते पतिविरूद्ध उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते महाकाली अञ्चल अस्पतालमा गरिएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए ।

अन्य

भिडियो