INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाका बुवाले कात्तिक १२ गते सोमबार जिल्ला प्रहरी कार्यालयमा १३ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले गत साउन २२ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भएको छैन । आरोपित बालकलाई प्रहरीले कात्तिक १२ गते नै गिरफ्तार गरेको जनाएको छ ।

अन्य

भिडियो