१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला मैनपुर–४ घर भइ हाल भरतपुर मनपा–८ गौरीगजमा डेरा गरी बस्ने २३ वर्षीय नगेन्द्र चौहानलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ५ गते बलात्कार गरेको भनी कात्तिक १० गते प्रहरीमा उजुरी परेपछि तत्कालै उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि कात्तिक १० गते नै भरतपुर अस्पताल पठाइएको छ ।