INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी भन्दै मलमुत्र खुवाउने प्रयास गरेको घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीले सोही ठाउँकी २२ वर्षीया सुनीता रामलाई गिरफ्तार गरी कात्तिक ७ गते उजुरी दर्ता गरेको छ ।

कथित बोक्सीको आरोप लगाउँदै असोज २२ गते शौचलायबाट लोटामा मानव मलमुत्र ल्याई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरी कात्तिक ७ गते जिल्ला अदालतबाट म्याद थप गरिएको इन्स्पेक्टर प्रतिक विष्टले बताए ।

पीडित महिलाले असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएपछि पीडितको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपमा असोज २३ गते उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले आरोपितविरूद्ध भेदभाव तथा अन्य अपराध जन्य व्यवहारमा उजुरी दर्ता गरेको जनाएको छ ।

अन्य

भिडियो