तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते महाकाली अञ्चल अस्पतालमा गरिएको छ । आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री