आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २६ गत इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते भरतपुर अस्पतालमा गरिएको छ । पीडित बालिका आरोपितकी भतिजी हुन् ।