१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–५ का २० वर्षीय जलालउद्दिन मुसलमानलाई असोज १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले असोज १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १६ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।