१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय हजुरबुवालाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको र यसअघि पनि एक वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडित पक्षले असोज १४ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएपछि अरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अरूणकुमार सिंहले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते लमही अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।