INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिक (सुनार) को असोज ९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २७ वर्षीय कुसुम पौडेललाई गिरफ्तार गरेको छ ।

पोखरा मनपा–२२ स्थित मामाघर बस्दै आएकी मृतक विकको असोज ९ गते घर भन्दा ५० मिटरको दुरीमा झाडीमा शव फेला परेको थियो  ।

आरोपित पौडेललाई प्रहरीले असोज ९ गते राति नियन्त्रणमा लिएर असोज १० गते सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी, रविन्द्रमान गुरुङले असोज ८ गते विद्यालयबाट फर्किएर बिस्कुट किन्न हिँडेकी बालिका भोलिपल्ट मृत अवस्थामा भेटिएको बताए ।

डिएसपी गुरुङले पौडेलले लागुपदार्थको नशामा आफुले घटना घटाएको स्वीकार गरेको जानकारी दिए । पौडेल र बालिका एकै पसलमा सामान किन्न जाने क्रममा बाटोमा बलात्कार गरी पहिचान खुल्ने डरले ढुंगाले थिचेर बालिकाको हत्या गरेको डिएसपी गुरुङले बताए । आरोपितलाई बलात्कार पछि हत्या कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान घटनाको अनुसन्धान गरिरहेको जिल्ल प्रहरी र्काालय कास्कीले जनाएको छ ।

पीडित बालिकाकी सानीमा गङ्गा बिकले सो घटनाले पीडित परिवार विक्षिप्त अवस्थामा रहेको भन्दै घटनाको दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरिन् । शवको पोष्टमार्टम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा इन्सेक गण्डकी प्रदेश कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशलगायतका सङ्घसंस्थाको टोलीले जानकारी लिँदै पीडित परिवार तथा प्रहरीसँग भेट गरेको थियो ।

अन्य

भिडियो