INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिबाट अधिवक्तामाथि आक्रमण

पोखरा महानगरपालिका-१७ राष्ट्र बैङ्क चोकमा असोज ९ गते पोखरा उच्च अदालतमा कार्यरत् अधिवक्ता कमलपति शर्मा पौडेलमाथि अपरिचित व्यक्तिबाट आक्रमण भएको पीडितले बताएका छन् ।

बागलुङ नपा-१३ स्थायी घर भएका ४० वर्षीय पौडेललाई मोटरसाइकलमा आएका दुई जना युवामध्ये एक जनाले फलामको पाइप प्रहार गरी घाइते बनाएको पीडितले बताए ।

पीडित पौडेलले आफूलाई आक्रमण गर्ने व्यक्तिले कालो मुखुण्डो लगाएका कारण चिन्न नसकेको र आक्रमणकारीले आफूलाई चार-पाँच पटक टाउको र शरीरमा पाइपले हिर्काएर भागेको बताए । पीडितको उपचार असोज ९ गते नै पोखरास्थित मेट्रोसिटी अस्पतालमा गरिएको छ ।

घटनापछि पीडितले सोही दिन पोखरा मनपा-६ स्थित वडा प्रहरी कार्यलय बैदाममा उजुरी दिएका छन् । वडा प्रहरी कार्यलय बैदामका डिएसपी नविन कार्कीले घटनाको अनुसन्धान गरिरहेको बताउँदै सो घटनामा प्रयोग गरिएको मोटरसाइकलको आधारमा व्यक्तिको पहिचान गरिने बताए ।

‘आक्रमण गर्नेको पहिचान खुलेको छ । बाहिर जिल्लाको भएका कारण प्रक्रिया पुर्‍याएर ल्याएपछि सार्वजनिक गर्नेछौँ ।’-डिएसपी कार्कीले भने ।

पोखरा उच्च अदालत बार एशोसिएशनले विज्ञप्ति जारी गरी घटना प्रति खेद व्यक्त गर्दै घटनाका दोषीलाई कारवाही गर्न प्रशासनसँग माग गरेको छ ।

अन्य

भिडियो