INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई भारतको बैङ्गलोर लगी बेच्न खोजेको आरोपमा डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका-८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई इलाका प्रहरी कार्यालय, पाटनले ०७५ असोज ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बेचबिखन गर्न खोजेको आरोप लागेका अन्य दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

फरार हुनेमा बैतडीको सिगास गाउँपालिका-२ गाँजरीकी २५ वर्षीया देवकी ढाँट, डडेल्धुरा आलिताल गाउँपालिका-८ का ५० वर्षीय शङ्कर अवस्थी र सोही ठाउँका २८ वर्षीय ललित बिक रहेका छन् ।

फरार रहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले बताए ।

पीडित महिलालाई आरापितहरूले विवाह गर्ने बाहानामा भारतको बैङ्गलोर लगी बेच्न खोज्दा आफन्तको सहयोगमा नेपाल फर्किएको पीडित महिलाको भनाइ छ ।

अन्य

भिडियो