INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया झट्केली छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बावुलाई असोज ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।

यौनाङगमा घाउ भएपछि उपचारका लागि राप्ती अञ्चल अस्पतालमा उपचारार्थ रहेकी बालिकाले आफू बलात्कारमा परेको बताएपछि घटना बाहिर आएको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा असोज ६ गते गरिएको छ  । प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

अन्य

भिडियो