१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा–१ का २१ वर्षीय सपनिस चौधरी र कावासोती नपा–१४ का ४० वर्षीय मदन श्रेष्ठलाई असोज १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले भदौ २७ गते बलात्कार भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएकोथियो ।
घटनापछि फरार रहेका आरोपित मदन श्रेष्ठलाई कावासोती र सपनिस चौधरीलाई काठमाडौँबाट गिरप्mतार गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला अस्पताल भरतपुर, चितवनमा भएको प्रहरीले जनाएको छ ।