INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वको क्रममा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन

राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा भदौ २८ गते रोल्पामा द्वन्द्वकाल र विपत्बाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको छ ।

जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित द्वन्द्वकालमा मारिएकाहरूको सम्झनामा निर्मित शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको हो ।

जिल्लामा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा बाल अधिकारकर्मीलगायत सरोकारवालाहरूको सहभागितामा दीप प्रज्ज्वलन गरिएको थियो । सशस्त्र द्वन्द्वको समयमा रोल्पाका १ हजार २ जनाले ज्यान गुमाएकोमा ६ जना बालबालिका रहेका थिए ।

अन्य

भिडियो