INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक कार्यमा सरोकार राखेको आरोपमा पत्रकारलाई ज्यानमार्ने धम्की !

तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ व्यवसायी नौसरे डाँगीले ज्यानमार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।

गाउँबस्तीको बीचमा ध्वनी प्रदुषण हुने गरी काठको मिल राख्न नहुने विषयमा पत्रकार चौलागाईले टिप्पणी र विरोध गरेपछि नौसरे डाँगीले कठालो समातेर ज्यानमार्ने धम्की दिएको पीडितले बताए ।

पत्रकार चौलागाईले भने काठ चिर्ने मिलको मापदण्ड अनुसार र वैधानिक रूपमा सञ्चालन गर्न सुझाव दिँदा आफूमाथि दुर्व्यवहार भएको बताए । उनले भने–‘आरोपितलाई कारवाहीको माग गर्दै भदौ २९ गते प्रहरी, प्रशासन र सम्बन्धित गाउँपालिकामासमेत उजुरी गरेको छु ।’

नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य चौलागाईलाई ज्यान मार्ने धम्की आएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै घोर भत्र्सना गरेको छ । पत्रकार चौलागाईमाथि भएको घटना लजास्पद र नियतबस भएको हुँदा त्यस्ता घटना हुन नदिन महासङ्घले सम्बन्धित पक्षलाई प्रेस विज्ञप्तिमार्फत सचेत गराएको छ । घटनामा संलग्न व्यक्तिलाई कारवाहीको माग समेत गरिएको शाखाका अध्यक्ष बरमबहादुर महतद्वारा हस्ताक्षित विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो