INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ ।

राम्रोसँग बोल्न नसक्ने,  बोल्दा लर्बराउने तथा शारीरिक अवस्था कमजोर रहेकी ती महिलालाई आरोपितले भदौ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा भदौ २८ गते गरिएको छ ।

अन्य

भिडियो