१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते प्रतापपुर गाउँपालिका–७ का २५ वर्षीय दिपनारायण मुसहरविरूद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दर्ता गराएका छन् ।
पीडित युवतीलाई आरोपितले गत असार २८ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिएका कारण डरले गर्दा उजुरी ढिला भएको पीडितकी आमाले बताइन् ।
उजुरी नदिई घरमै बसेको अवस्थामा पेट बढ्दै गएपछि भदौ २८ गते सुर्यपुरा क्लीनिकमा स्वास्थ्य परीक्षण गर्दा युवती गर्भवती भएको खुलेपछि पीडित पक्षले उजुरी दिएको हो । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले उजुरी आएको र आरोपितको खोजी भइरहेको बताए ।