३३ वर्षीया महिलालाई बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–६ का २३ वर्षीय श्यामकुमार साहलाई भदौ २१ गते गिरफ्तार गरिएको छ ।
पीडित महिलालाई आरोपितले ०७३ माघ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।
अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवम् गिरफ्तार गर्न खटाइएको प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतमा पेश गरिएकोमा भदौ २२ गते शाहलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशमा क्षेत्रीय कारागार झुम्का पठाइएको प्रहरीले जनायो ।