INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय आशिष आलमले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ १७ गते उजुरी दर्ता गरिएको छ ।

पीडितका अभिभावकले दिएको उजुरीका आधारमा जबरजस्ती करणीको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य सुरू गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए ।

इन्स्पेक्टर विष्टका अनुसार आरोपित जिल्ला बाहिर रहेकाले पक्राउ पुर्जी जारी गर्न मुलुकी ऐन फैजदारी कार्यविधि संहिता ऐन–२०७४ को दफा ९(३) बमोजिम भदौ १९ गते जिल्ला अदालतबाट अनुमति समेत लिइएको छ ।

पटक–पटक डरत्रास देखाई बलात्कार गर्दै आएका आरोपितले पछिल्लोपटक साउन १४ गते बलात्कार गरी फरार रहेको र आफू गर्भवती भएको पीडितले बताइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ १५ गते गरिएको

अन्य

भिडियो