INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार प्रयास घटनाका फरार दोषी दुई वर्षपछि गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनामा सजाय सुनाइएका फरार दोषी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राईलाई प्रहरीले दुई वर्षपछि गिरफ्तार गरेको छ ।

पीडित महिलालाई राईले ०७३ भदौ १ गते बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङले ०७३ कार्तिक २९ गते २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

गिरफ्तार गरिएका आरोपितलाई अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार शाखा दिक्तेल थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

सुरूमा जिल्ला अदालतले ०७३ साल भदौ २१ गते मागेको १९ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका राई धरौटी बुझाएर केही दिनपछि रिहा भएका थिए ।

अन्य

भिडियो