INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मला हत्या प्रकरणः प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी घाइते

निर्मला पन्तको हत्या घटनामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भइरहेको प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा भदौ ७ गते प्रहरीले चालएको गोली लागि चार जना प्रदर्शनकारी घाइते भएका छन् ।

Photo20180823Kanchanpur (1)

जिल्ला प्रशासन कार्यालयलाई घेराउ गर्न जाँदा प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले प्रहार गरेको गोली लागी भिमदत्त नपा-२ का अर्जुन भण्डारी, भिमदत्त नपा-३ का तेज भट्ट, वेदकोट नपा-७ का तिर्थराज पनेरू र कैलालीका सन्तोष कठरीया घाइते भएका छन् ।

प्रहरीको गोली लागि घाइते भएका तेज भट्ट, तिर्थराज पनेरू र सन्तोष कठरीयाको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ भने अर्जुन भण्डारीको अवस्था गम्भीर भएको भन्दै थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।

Photo20180823Kanchanpur (2)

प्रहरी र प्रदर्शनकारीबिच भएको झडपले कञ्चनपुर जिल्लाको अवस्था तनावपुर्ण भएको छ । आन्दोलनकारीले महेन्द्रनगर बजारको चोक-चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

भीमदत्त नपा-२ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कारपश्चात हत्या गरेको भन्दै कञ्चनपुरमा तीन दिनदेखि आन्दोलन भइरहेको छ ।

Photo20180823Kanchanpur (3)

साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जाने भनेर निस्केकी निर्मलाको शव भीमदत्त नपा- १८ उखुवारीमा साउन ११ गते फेला परेको थियो ।

अन्य

भिडियो