INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मला हत्या प्रकरणः दोषीलाई उम्काउन खोजिएको भन्दै दोस्रो दिन स्थानीयबासीद्वारा प्रदर्शन

निर्मला हत्या घटनामा संलग्न भएको आरोपमा दिलिप विष्टलाई सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपमा पीडित परिवार र स्थानियबासीहरूले भदौ ६ गते नाराबाजी गर्दै महेन्द्रनगर बजार बन्द गरेका छन् ।

पीडित पक्षले मानसिक सन्तुलन नभएको व्यक्तिलाई गिरफ्तार गरी सार्वजनिक गरेर वास्तविक दोषीलाई उम्काउन खोजेको आरोपमा आन्दोलनको आह्वान गरेको आन्दोलनकारीले जनाएका छन् ।

photo20180822kanchanpur (1)

प्रदर्शनपछि महेन्द्रनगर बजार पूर्ण रूपमा बन्द रहेको छ भने सार्वजनिक यातायात, शिक्षण संस्थाहरू सञ्चालन हुन सकेका छैनन् । बजार, वित्तीय संस्था र सार्वजनिक यातायात बन्द भएका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनकारीले बजारका चोक–चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए । आन्दालनकारीहरूले जिल्ला प्रशासन कार्यालय र वडा प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गर्न खोज्दा प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

प्रदर्शनको पहिलो दिन भदौ ५ गते प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा भीमदत्त नपा–१८ की मञ्जु गिरी गम्भीर घाइते भएको जनाइएको छ ।

photo20180822kanchanpur (2)

उनको उपचार महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा गरिएको छ । भीमदत्त नपा–२ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जाने भनेर निस्केकी निर्मलाको शव भीमदत्त नपा– १८ उखुवारीमा साउन ११ गते फेला परेको थियो ।

अन्य

भिडियो