INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै रूपनी गाउँपालिका–४ का ४५ वर्षीय बद्रीनारायण साहविरूद्ध साउन २४ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २१ गते दिउँसो सुतिरहेका बेला एक्कासी आएका आरोपितले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन २१ गते गरिएको छ । पीडितको छोराले घटना देखेर कुटपिट गरेपछि आरोपित फरार भएका छन् । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । पीडितका पति साढे एक वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

अन्य

भिडियो