INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-१९ फुलवारीका ४६ वर्षीय गणेशबहादुर मल्ललाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २१ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले साउन २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २२ गते सेती अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो