INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा-८ गम्हरिया प्रवाहाका ३० वर्षीय देवनाथ यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन २२ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले साउन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ११ गते गरिएको थियो । घटना लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो